१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा पानीमा डुबेको अवस्थामा पुरूषको शव फेला




२ जेठ ०७८, भक्तपुर । भक्तपुरमा पानीमा डुबेको अवस्थामा एक पुरूषको शव फेला परेको छ।
चाँगुनारायण नगरपालिका वडा नम्बर ६ को वालवन वालखोलामा शनिबार साँझ साढे ५ बजे पुरूषको शव फेला परेको हो।

अन्दाजी ३० वर्षीय पुरूष घोप्टो परी अनुहार पानीमा डुबेको अवस्थामा मृत फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए।

मृत फेला परेको भन्ने खबर पाएपछि प्रहरीको अधिकृत सहितको टोली खटिएको थियो।

मृतकको पहिचान खुल्न सकेको छैन् ।
प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुरमा लगिएको छ।

प्रहरीका अनुसार मृतकको हुलिया गहुँगोरो वर्णको छ। ५ फिट ८ इन्चको मझौला शरीर भएको र दाहिने हातको बुढी औंला र चोरी औंलाको बिचमा ुऋु लेखिएको ट्याटु छ।

त्यस्तै बाँया खुट्टाको पिडौलादेखि बाँया खुट्टाको कान्छी औंलासम्म पुरानो खत छ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  १ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।