४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा ७१७१ जना सक्रिय संक्रमित




३ जेठ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा थप तीन हजार ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार उपत्यकामा मात्रै तीन हजार ९८ जनामा संक्रमण देखिएको हो।

त्यसमध्ये काठमाडौंका २३४६, ललितपुरका ४५४ र भक्तपुरका २९८ जना छन्।

योसँगै काठमाडौं उपत्यकामा अहिले ४० हजार ७७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा मात्रै अहिले २८ हजार ५२७, भक्तपुरमा ५०७६ र ललितपुरमा ७१७१ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ६ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।