२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महाकाल गाँउपालिकामा ३७ जनामा कोरोना संक्रमण



गाँउपालिकाको सदरमुकाम गोटिखेल बजार । फाइल तस्विर : ललितपुर खबर

४ जेठ ०७८, ललितपुर । महाँकाल गाँउपालिकामा अहिलेसम्म ३७ जनामा कोरोना संक्रमण भेटिएका छन् । गाँउपालिकाको मानिखेल अस्पताल र गोटिखेल स्वास्थ्य चौकीमा गरिएको एण्टिजेन परिक्षणपछि अहिलेसम्म २७ जना संक्रमित फेला परेको गाँउपालिकाकी उपध्यक्ष कमला तामाङले जानकारी दिइन् । यस पालिकामा जम्मा १५७ जनाको परिक्षणपछि यो नजिता आएको हो ।
गाँउपालिकाको बुखेल (१) र चन्दनपुर(५)मा अहिले कोरोनाका संक्रिय संक्रमित छैनन् भने मानिखेल(२) १३ जनागोटिखेल(३) १२ जना,कालेश्वर(४)१२ जना र ठूलादुलुङ(६) १ जना रहेको गाँउपालिकाले जानकारी दिएको छ ।
अहिले मानिखेल अस्पतालमा १ जना कोरोना संक्रमित उपचाररत छन् भने अन्य विरामी होम आइसोलेशनमै रहेको गाँउपालिकाले जानकारी दिएको छ ।
अहिलेसम्म यस गाँउपालिकाभित्र कोराना संक्रमणपछि १ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  १ : ०३ बजे