ललितपुर खबर
५ जेठ ०७८, ललितपुर । ललितपुरको वागमती गाँउपालिका १ घुसेलमा कोरोना परीक्षणपछि ५३ प्रतिशत भन्दा धेरै संक्रमित फेला परेका छन् ।
वागमती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नवराज तिमल्सिनाका अनुसार ४१ को एण्टीजेन परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो । शाखा प्रमुख तिमल्सिनाले भने, ‘यस ठाँउमा धेरै लक्षण सहितका विरामी रहेको भन्ने खबर आएपछि परिक्षण गरिएको हो ।’
तिमल्सिनाका अनुसार सरकारले निषेधाज्ञा लगाएपछि गाँउ गएका युवाहरुमा कोरोना संक्रमण देखिएको छ । परिक्षण घुसेल, झाँगलकोट र माहाकाल डाँडामा गरिएको थियो । संक्रमितहरुको स्वास्थ्य अवस्था खरब भने छैन ।
कोरोना संक्रमितहरुको संख्या नाटकीय रुपले बढेसँगै स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाले अव हरेक वडामा परिक्षण सुरु गर्ने बताएका छन् ।
वागमती गाँउपालिकाले केही दिनअघि प्युटारमा २० वेड क्षमताको आइसोलेसन सञ्चालनमा ल्याएको छ । यसै आइसोलेसन राखिएको स्थलमा कोरोना संक्रमण भए नभएको एष्टिजेन परिक्षण गर्ने कार्यक्रम गाँउपालिकाले बनाएको बुझिएको छ ।
निषेधाज्ञाको समयमा केही समयअघि विवाहको भोज समेत गरिएकोले यस ठाँउमा कोरोना संक्रमितको हव रहेको स्थानीयहरुले आशंका गर्दै आएका छन् ।
पछिल्लो समय विवाह र भोज आयोजना भएका ठाँउमा कोरोना संक्रमितहरुको विग्विगी देखिन थालेको छ । वागमती गाँउपालिकाका प्रमुख समेत कोरोना संक्रमित छन् ।
प्रतिक्रिया