२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


कोरोना भाइरस लागेको कसरी थाहा पाउने ?



पाटनमा एक विरामी परिषणको क्रममा डाक्टर ।

६ जेठ ०७८, ललितपुर । पछिल्लो समय संसारभर कोरोना भाइरसले गाँजेको छ । नेपाल पनि त्यसबाट अछुतो रहने कुरै भएन । नेपालमा आज कोरोना भाइरस समुदायस्तरमै फैलिसकेको अनुमान छ ।
कोरोनाभाइरस महामारीले हाम्रो जनजीवन र सम्बन्धमा धेरै परिवर्तन ल्याइदिएको छ । हामी कोठामा नै थुनिएर बस्नु पर्ने बाध्यता छ । यसरी साबधानी अपनाउदै गर्दा हामीलाई कोरोना भाइरस लागेको हुन सक्छ । हामीलाई कोरोना लागेको नलागेको कसरी थाहा पाउने ? आउनुस् हामी यस विषयमा केही चर्चा गरौं ।

लक्षण
कोरोना भाइरसको लक्षणहरुमा ज्वरो आउनु र सुक्खा खोकी लाग्नु मुख्य लक्षण मानिन्छ । केही विरामीहरुमा टाउको, घाँटी दुख्ने,पखाला लाग्ने गरेको पाइएको छ । कतिपय विरामीको स्वाद हराउने र वास्ना हराउने लक्षण पनि देखिएको छ ।
तर सबै विरामीलाई लक्षणहरु राम्रोसँग नदेखिएको पनि पाइएको छ । विना लक्षण वा सामान्य किसिमका लक्षणहरु भएको संक्रमितहरुले समेत कोरोना भाइरस एक आर्कालाई सारेको बताइन्छ ।
लगभग ८० प्रतिशत कोरोना संक्रमितहरुमा सामान्य किसिमको लक्षण पाइएको छ । तर खोकी लागेको छ, सास फेर्न गाह्रो भएको छ र ज्वरो आएको छ, भने सबैभन्दा पहिले डाक्टरसँग सल्लाह लिइहाल्नु पर्छ । ता की संक्रमण फैलिएर विरामीको अवस्था गम्भिर बन्न नपाओस् ।
कसरी लग्छ कोरोना भाइरस
कोरोनाभाइरस मानिसको नाक र मुखबाट शरीरमा र्छिछ । कोरोना भाइरस सर्ने श्रोत मानिस नै हो । सङ्क्रमितको नजिक हुँदा यो भाइरस सर्न सक्छ ।
कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यु गर्दा मुखबाट निस्केका साना साना थुकको छिटाहरु अर्को व्यक्तिको नाम वा मुखमा परेपछि कोरोना भाइरस सर्ने गर्छ । संक्रमितको सिधा सास नाक वा मुखमा पस्दा समेत कोरोना संक्रमण सर्न सक्छ । यही कारणले डाक्टरले मास्क को प्रयोग गर्न सुझाव दिएका हुन् ।
कोरोना सङ्क्रमण भएको मानिसले हात वा मुख छोइरहेको अवस्थामा अन्य सरसामान वा विभिन्न ठाँउहरुमा छुदा त्यही बस्तुमा अर्को व्यक्तिको संसर्ग हुँदा कोरोना भाइरस हातको माध्यमबाट सर्न सक्छ । त्यसैले डाक्टरहरुले यो समयमा हात छाइरहन सल्लाह दिइएको हो ।
कोरोना भाइरस लाग्दा पहिले यसले घाँटी र सास नलीमा असर देखाउछ । यस ठाँउमा भाइरसको संख्या बढेपछि बोक्सोमा पुग्छ । फोक्सोमा संक्रमण बढेपछि सास फेर्न गाह्रो हुन थाल्छ ।
कसरी बच्ने
धेरै मानिसहरुले कोरोना भाइरसलाई बेवास्ता गरेको देखिन्छ । कोरोना भाइरस लाग्नुअघि केही होइन जस्तो लागे पनि कोरोनाका विरामीहरुले यसलाई सामान्य नठाँन्न र समयमै सुरक्षित हुनु बुद्धिमानी हुने सुझाव दिने गरेका छन् ।
यो भाइरसबाट बच्ने उपाय भनेको मास्कको प्रयोग, एक अर्कादेखि कम्तिमा ४ मिटर टाढा बस्ने र सरसफाईमा ध्यान दिने नै हो ।
मास्कको प्रयोग
एक अर्काको सम्पर्कमा आउने अवस्थामा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु जरुरी छ । मास्क लगाएको छ भन्दैमा अर्को व्यक्तिको ज्यादै नजिक जानु, बारम्बार मुख वा नाकमा छुनु पनि खतरनाक छ ।
कोरोना भाइरसको दुवै मात्रामा खोप लगाएका व्यक्तिहरुले समेत मास्क अनिवार्य प्रोग गर्न स्वास्थ्यकमीहरुले सुझाव दिएका छन् ।
स्यानिटाइजरको प्रयोग र नियमित हात धुने
कुनै पनि व्यक्तिले छोएको सरसामान वा बस्तु छोएपछि संक्रमण सर्ने सम्भावना हुने हुँदा नियमित सावुन पानीले हात धुने वा स्यानिटाइजर दल्ने गर्नुपर्छ । यसो गर्दा हातमा अन्य ठाँउबाट आइपुगेका किटाणुहरु मर्छन् । हात धुँदा मिचिमिचि धुनु पर्छ किन कि एउटै हातमा लाखौका संख्यामा भाइरसहरु अट्न सक्छन् ।
भौतिक दुरी
यो समयमा एक अर्कामा झुक्किएर पनि नजानु बुद्धिमानी हुन्छ । हात समाएर हिड्ने,अंगालो मार्ने किस खाने जस्ता व्यावहार कुनै पनि हालतमा गर्नु हुँदैन ।

विविसीको सहयोगमा

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ७ : २१ बजे