४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ख्वप अस्पतालमा भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने



६ जेठ ०७८, भक्तपुर । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालको कोरोना युनिटमा अक्सिजन प्लान्ट राखिने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले युनिटमा अक्सिजन दिनुपर्ने संक्रमित बिरामी बढिरहेकोले नगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट सञ्चालन गर्न लागेको जानकारी दिएका छन् ।

कोरोना नियन्त्रणका लागि नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाले आर्थिक र भौतीक सहयोग गर्ने भएको भन्दै उनले बिरामीलाई अक्सिजन अभाव हुन नदिन प्लान्ट सञ्चालन गर्न लागेको बताए ।सहकारी संस्थाले आफ्ना सदस्यका लागि सार्वजनिक भवन वा पार्टी प्यालेसमा आइसोलेसन केन्द्र सञ्चालन गर्न समेत उनले आव्हान गरे । गत वैशाख १७ गतेबाट ख्वप अस्पताल कोरोना युनिट सञ्चालन भएकामा हालसम्म ११६ जना सङ्क्रमितलाई उपचार सेवा दिइसकेको कोरोना युनिट व्यवस्थापन समितिका संयोजक रबिन्द्र ज्याख्वले बताए ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले भक्तपुरमा ६४० वटा भन्दा बढी सहकारी संस्था रहेको र ३ लाख ४० हजार सदस्य रहेको बताउँदै आइसोलेसन केन्द्र र अक्सिजन प्लान्टका लागिसहयोग गर्ने बताए । उनले जिल्ला बचत सङ्घको सामुदायिक विकास कोषको  रु. १ लाख प्लान्टका लागि हस्तान्तरण गरे ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ९ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।