२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा एकै दिन लगाइयो ८ हजारलाई कोरोना खोप




ललितपुर खबर
६ जेठ ०७८, ललितपुर । ललितपुरमा एकै दिन ८ हजार ३६ जनालाई चिन सरकारद्वारा प्राप्त भएको कोरोना भेरोसेल खोप दिइएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरमा ४ हजार ३ सय ५७ जना, महालक्ष्मी नगरमा २ हजार ३२९ र गोदावरीनगरपालिकामा १ हजार ९४९ जनालाई कोरोना खोप दिइएको हो ।
स्वास्थ्य कार्यालयले विहीबारबाट कोरोना खोपको दोश्रो मात्रा ललितपुरका तीनै वटा नगरपालिकामा सञ्चालन गरेको थियो ।
गोदावरी नगरपालिकाले आनन्दवन अस्पताल बज्रवाराही चापागाँउ अस्पताल र बाँडेगाँउ प्राथमिक स्पास्थ्य केन्द्रमा खोप दिने व्यवस्था मिलाएको थियो । यस नगरपालिकामा ७२० जना पुरुष र ६२९ जना महिलाले खोप लगाएको बताइएको छ । महालक्ष्मी नगरपालिकाले विभिन्न १५ ठाँउमा खोप केन्द्र तोकेको थियो भने महानगरले विभिन्न २९ वटा केन्द्र तोकेर खोप लगाउने व्यवस्था गरेको थियो ।
साथै स्वास्थ्य कार्यालय ललितपुरका अनुसार विहीबार साँझ ४ बजे सम्म जिल्लामा जना कोरोना संक्रमित फेला परेका छन् । यी मध्ये २०४ नजा पुरुष र १९६ जना महिला छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  १० : २४ बजे