२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको चन्द्रागिरि नगर शनिबारसम्म शिल गरिने



sLlt{k’/af6 b]lvPsf lxd z[ªvnf
sf7df8f}F, !# sflQs M df};d ;kmf ePkl5 laxLaf/ sf7df8f}F sLlt{k’/af6 b]lvPsf] lxdfnsf] b[Zo . df};d v’n];Fu} pkTosfaf6 pQ/L If]qdf /x]sf lxd >[ªvnf ;u/dfyf, dgf:n’, uf}/Lzªs/, Nxf]T;], dsfn’, s~rghª3f lxdfn cflb lxdfn b]Vg ;lsG5 . tl:a/ M /f]zg ;fksf]6f÷/f;;
७ जेठ ०७८, काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका शनिबारसम्म शिल गरिने भएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिको वैशाख २९ गतेको बैठकको निर्णयअनुसार जेठ १ देखि ७ गतेसम्म शिल गर्ने निर्णय भए पनि बिहीबार पुनः दुई दिन गरि शनिबारसम्म शिल गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले जेठ ८ शनिबार गते राति १२ बजेसम्म नगरपालिका शिल गर्ने निर्णय गरेको जानकारी दिएका छन् । नगरपालिका शिल भएसँगै बिहान ६ देखि साँझ ५ बजेसम्म सर्वसाधारण सडकमा हिँडडुल गर्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ । नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताएका छन् ।
खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दूधको ढुवानीका साधनलाई सवस्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्न दिइएको छ ।
पशुपक्षीको दाना, कृषि प्रयोजनका बीउबिजन, कृषि उत्पादन, औषधि उद्योगलगायत फोहरमैला बोक्ने सवारी साधनलाई शिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको छ ।
नगरपालिका शिल भएपछि उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा सुरक्षा जाँच कडा पारिएको छ । अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधनबाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ । नगरपालिकाकाले भेरोसिल खोपको दोस्रो मात्रा लगाउनका लागि भने आवतजावतमा अवरोध गरेको छैन । सरकारले जारी गरेको सूचनाका आधारमा पहिलो खोप लगाएको कार्ड देखाएर तोकिएको खोप केन्द्रसम्म आवतजावत गर्न दिइने नगर प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ११ : ३५ बजे