२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा दुई दिनमै १७ हजारभन्दा धेरैले लगाए कोरोना खोप




ललितपुर खबर
८ जेठ ०७८, ललितपुर । ललितपुरमा दुई दिनभित्र १ हजार ७८२ जनाले चीन सरकारद्वारा प्राप्त भएको कोरोना भेरोसेल दोश्रो खोप दिइएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार विहीबार र शुक्रबार ललितपुरका ३ वटै नगरपालिकाका विभिन्न खोप केन्द्रहरुको तथ्याङ्क संकलनपछि यो संख्यामा कोरोनाको खोप लगाएको पाइएको हो ।
विहीबार मात्र ८ हजार ३६ जनाले खोप लगाएका थिए । शुक्रबार ९ हजार७४६ सय जनाले लगाएका थिए ।
स्वास्थ्य कार्यालयले विहीबारबाट कोरोना खोपको दोश्रो मात्रा ललितपुरका तीनै वटा नगरपालिकामा सञ्चालन गरेको थियो ।
गोदावरी नगरपालिकाले आनन्दवन अस्पताल, बज्रवाराही चापागाँउ अस्पताल र बाँडेगाँउ प्राथमिक स्पास्थ्य केन्द्रमा खोप दिने व्यवस्था मिलाएको थियो । महालक्ष्मी नगरपालिकाले विभिन्न १५ ठाँउमा खोप केन्द्र तोकेको थियो भने महानगरले विभिन्न २९ वटा केन्द्र तोकेर खोप लगाउने व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ७ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।