२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरद्वारा टेकु अस्पताल र क्षेत्रपाटी चिकित्सालयलाई भेण्टिलेटर हस्तान्तरण



८ जेठ ०७८, काठमाडौं । काठमाडौँ महानगरपालिकाले क्षेत्रपाटी निःशुल्क चिकित्सालय र शुक्रराज ट्रपिकल  सरुवारोग अस्पताललाई २÷२ थान भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

महानगकार प्रमुख विद्या सुन्दर शाश्यलेसम्झौतापछि भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । मित्र राष्ट्र चीनस्थित  काठमाडौं शहरको भगिनी सम्बन्ध रहेको ल्हास शहरबाट अनुदानमा प्राप्त भएको भेन्टिलेटर यी स्वास्थ्य संस्थाहरुलाई प्रदान गरेको हो । महानगरलाई कोरोना माहामारीमा प्रयोग गर्न केही दिनअघि काठमाडौं आइपुगेको थियो ।  भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा बोल्दै महानगरका प्रमुख शाक्यले तत्काल यो सामाग्री कोरोना संक्रमितहरुको उपचारमा प्रयोग गर्न  अनुरोध गरेका थिए ।

काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, टेकु अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी, छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठलगायतको कार्यक्रममा सहभागिता थियो ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ११ : ३४ बजे