१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सङ्कट व्यवस्थापन अध्यादेश पालना नगर्नेलाई एक वर्षसम्म कैद, पाँच लाखसम्म जरिबाना



१० जेठ ०७८, काठमाडौं । कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश पालना नगर्नेलाई एक वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले साेमवार विज्ञप्ति निकालेर अध्यादेश पालना नगर्नेलाई एक वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना हुने जानकारी गराएको हो ।

अध्यादेशअनुसार जारी भएको मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँ वा दुवै सजाय हुन सक्ने समेत जिल्ला प्रशासनले जनाएको छ ।

यस्तै कुनै व्यक्तिले आदेश उल्लङ्घन गरेको पाइए एक लाख रुपैयाँसम्म जरिबाना हुने र कुनै संस्थाले आदेश उल्लङ्घन गरेको पाइए पाँच लाख रुपैयाँसम्म जरिबाना हुने सूचनामा भनिएको छ । यो जरिबाना तोक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।

यस्तै मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, विना काम बाहिर निस्किए पटकै पिच्छे दुई सय रुपैयाँ, अत्यावश्यकबाहेकका सवारी साधन चलाएमा दुई पाङ्ग्रे सवारी साधन भए पटकैपिच्छे दुई हजार रुपैयाँ, अरू गाडी भए पटकैपिच्छे पाँच हजार रुपैयाँ जरिबाना गराइने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले विज्ञप्तिमार्फत भनेका छन् ।

यस्तै अध्यादेशको उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्म बन्द गर्न आदेश दिन सक्ने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ५ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।