४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा एक साता लम्व्याउने तयारी



११ जेठ ०७८, ललितपुर । काठमाडौं उपत्यकाका तीन जिल्ला(काठमाडौं, भक्तपुर र ललितपुर)मा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी भएको छ। कोरोना संक्रमण रोकथामका लागि उपत्याकामा  गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ। यसअघि थपिएको  निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदै छ। संक्रमण जोखिम उच्च रहेकाले थप एक साता निषेधाज्ञा लगाउने तयारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले बताए। मंगलबार दिउँसो बस्ने उपत्यकाका सीडीओहरुको संयुक्त बैठकले निषेधाज्ञाबारे थप निर्णय गर्ने उनले बताए।

कोरोना संक्रमण अझै नियन्त्रणमा नआएकाले अझै केही समय निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको पराजुलीको भनाइ छ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ९ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।