१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चाँगुनारायण नगरभित्रका विद्यालयलाई परीक्षा नतिजा प्रकाशन गर्न निर्देशन   



१२ जेठ ०७८, मध्यपुरथिमि  ।  भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरभित्रका सामुदायिक तथा निजी विद्यालयलाई यही जेठ २२ गतेसम्म परीक्षा सम्पन्न गर्न निर्देशन दिएको छ । शैक्षिकसत्र २०७७ को विद्यार्थी मूल्यांकन एवं नतिजा प्रकाशनसम्बन्धी सूचना जारी गरी नगरपालिकाले यस्तो निर्देशन दिएको हो ।
नगरपालिकाले कक्षा १ देखि कक्षा ७ र ९ को वार्षिक मूल्यांकन एवं नतिजा प्रकाशन गर्न तथा कक्षा ८ को नतिजा प्रकाशन गर्नका लागि विद्यार्थीको प्रयोगात्मक र सैद्धान्तिक अंक शिक्षा, युवा तथा खेलकूद शाखामा अनिवार्य रुपमा सो दिनसम्म बुझाउन निर्देशन दिएको नगर प्रमुख सोमप्रसाद मिश्रले बताए ।
वर्षको अन्तिम परीक्षा अनलाइन वा अफलाइन वा विद्यालयको अनुकूल वैकल्पिक विधिबाट सञ्चालन गर्न भनिएको छ । कोरोना भाइरसले निषेधाज्ञा भएका कारण नगरभित्र सञ्चालित सम्पूर्ण विद्यालयले अनलाइन तथा वैकल्पिक विधिको प्रयोग गरी पठनपाठन सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ३ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।