१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चाँगुनारायण नगरभित्रका विद्यालयलाई परीक्षा नतिजा प्रकाशन गर्न निर्देशन   



१२ जेठ ०७८, मध्यपुरथिमि  ।  भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरभित्रका सामुदायिक तथा निजी विद्यालयलाई यही जेठ २२ गतेसम्म परीक्षा सम्पन्न गर्न निर्देशन दिएको छ । शैक्षिकसत्र २०७७ को विद्यार्थी मूल्यांकन एवं नतिजा प्रकाशनसम्बन्धी सूचना जारी गरी नगरपालिकाले यस्तो निर्देशन दिएको हो ।
नगरपालिकाले कक्षा १ देखि कक्षा ७ र ९ को वार्षिक मूल्यांकन एवं नतिजा प्रकाशन गर्न तथा कक्षा ८ को नतिजा प्रकाशन गर्नका लागि विद्यार्थीको प्रयोगात्मक र सैद्धान्तिक अंक शिक्षा, युवा तथा खेलकूद शाखामा अनिवार्य रुपमा सो दिनसम्म बुझाउन निर्देशन दिएको नगर प्रमुख सोमप्रसाद मिश्रले बताए ।
वर्षको अन्तिम परीक्षा अनलाइन वा अफलाइन वा विद्यालयको अनुकूल वैकल्पिक विधिबाट सञ्चालन गर्न भनिएको छ । कोरोना भाइरसले निषेधाज्ञा भएका कारण नगरभित्र सञ्चालित सम्पूर्ण विद्यालयले अनलाइन तथा वैकल्पिक विधिको प्रयोग गरी पठनपाठन सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ३ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।