१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लामाटारको शुभतारा स्कूल सधैँका लागि बन्द गर्ने निर्णय !



१५ जेठ ०७८, ललितपुर । गम्भीर आर्थिक संकट उत्पन्न भएको भन्दै ललितपुरको लामाटारमा रहेको शुभतारा स्कूल बन्द गर्ने निर्णय  भएकाे छ । विद्यालय व्यवस्थापनले विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलाई विद्यालय बन्द गर्ने सम्बन्धी जानकारी पठाएको छ।

अबको दुई शैक्षिक सत्र विद्यालय बन्द रहने जानकारी शुभतारा स्कुलले विद्यार्थीका अभिभावकलाई पठाएको पत्रमा उल्लेख छ। विद्यार्थी तथा शिक्षकलाई समान खालको शैक्षिक वातावरणमा समावेश गर्नका लागि न्यू मिलिनियम स्कूलसँग सम्झौता गरिएको पनि शुभतारा स्कूलले जनाएको छ।

न्यू मिलिनियम स्कूल आफूहरुको नयाँ भगिनी स्कूल बनेको र सोही अनुसार समायोजन तथा एकअर्काको विकासका लागि सहयोग गर्ने सहमति बनेको उल्लेख छ। न्यू मिलिनियम स्कूल ललितपुरको इमाडोलमा छ।

कोरोना भाइरसको महामारीका कारण उत्पन्न गम्भीर आर्थिक संकट तथा अनलाइन कक्षा सञ्चालनका कठिनाइका बाबजुद यो वर्षको शैक्षिक सत्र र पाठ्यक्रम पूरा गरेको पनि स्कूलले जनाएको छ।

५० हप्तासम्म अनलाइन कक्षा गरि पाठ्क्रम सकेर कक्षा १–७ तथा ९ को परीक्षा गरिएको नतिजा निकालिएको तथा कक्षा ८ को परीक्षाका लागि आन्तरिक मूल्यांकन गरि अंक पठाइएको स्कूलले अभिभावकलाई जानकारी दिएको छ। यस्तै एसइइ अर्थात कक्षा १० को नतिजाका लागि सरकारी निर्णय अनुसार चल्ने पनि जनाइएको छ।

३६५ अभिभावक मध्ये ४० प्रतिशत भन्दा कमले मात्रै नियमित शूल्क बुझाएको तथा २० प्रतिशत विद्यार्थीहरु छात्रवृत्तिमा रहेको विद्यालयले जनाएको छ। कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै जाँदा आउँदा दिनहरु पनि राम्रो हुने संकेत नदेखिएकाले दुई शैक्षिक सत्रका लागि बाध्य भएर विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ।

व्यक्तिगत खर्च तथा ऋणमा १२० शिक्षक तथा कर्मचारी र ३०० बढि विद्यार्थीलाई धान्न सक्ने अवस्था नरहेकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको भन्दै स्कूलले अभिभावकसँग क्षमा पनि मागेको छ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  १२ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।