२९ पुस २०८१, सोमबार | Tue Jan 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महालक्ष्मीमा भेरोसेल लगाउने १२ हजारभन्दा धेरै




१६ जेठ ०७८, ललितपुर । महालक्ष्मी नगरपालिकामा चीन सरकारले अनुदानमा उपलव्ध गराएको भेरोसेल खोप लगाउने संख्या १२ हजार ३ सय ८४ रहेका छन् । महा लक्ष्मी नगरका अनुसार ६ हजार १ सय ५५ जना पुरुष र ६ हजार २२९ जना महिला सहित महालक्ष्मी नगरमा १२ हजार ३८४ जनाले भेरोसेलको दोश्रो मात्राको रुपमा यो खोप लगाएका हुन् ।


गएको जेठ ६ गतेबाट आरम्भ भएको यो खोप गत विहीबार सकिएको थियो । गत चैत्र २५ गतेबाट बैशाख १५ गतेसम्म सञ्चालन गरिएको कोरोना विरुद्धको खोपको दोश्रो मात्रा हो ।
फ्रण्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सर्फाइकर्मी, पत्रकार, सुरक्षाकर्मी, शिक्षकलगायतलाई यो खोप लगाइएको थियो । यस नगरमा अहिलेसम्म ४ हजार ६ सय ७१ जनामा कारोना संक्रमण पुष्टि भइसकोे छ । तर कोरोना मुक्त हुने संख्या ३ हजार ६४८ छ

 

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ५ : १४ बजे