१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वाग्मती सफा बनाउन नागमतीमा बाँध



ललितपुरको थापाथलीस्थित यूएन पार्कनजिकबाट देखिएको वागमती नदि ।तस्विर : ललितपुर खबर

१६ जेठ ०७८, काठमाडौं । वाग्मतीको उद्गमस्थलको जलाधार संरक्षण तथा जलप्रवाहमा सुधार गर्न सुन्दरीजलमा नागमती बाँध निर्माण गरिने भएको छ । यसअघि हिउँदमा पनि वाग्मती जलप्रवाह बढाएर नदीलाई स्वच्छ बनाउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका १ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको धाप भन्ने स्थलमा बाँध निर्माण अन्तिम चरणमा पुगेको छ । नागमती बाँध पनि तयार भएपछि नदीमा स्वच्छ पानी बगाउन सकिने विश्वास गरिएको छ ।
यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार जारी गरेको बजेट वक्तव्यमा उल्लेख छ । काठमाडौँ उपत्यकाका वाग्मती, रुद्रमती, विष्णुमतीलगायतका नदी सफा बनाउका लागि रु तीन अर्ब ४७ करोड बजेट विनियोजन भएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ७ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।