१६ जेठ ०७८, काठमाडौं । काठमाडौंको बौद्धमा एक फ्रान्सेली नागरिक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ६ बौद्व नयाँबस्ती डेरा गरी बस्ने राहदानी नम्बर ०८ सिके ०४१२३ वाहक फ्रान्सेली नागरिक ६५ वर्षीय मार्क गेरार्ड बाजुस आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
यस घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।
प्रतिक्रिया