२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको डेरीका कोरोना पोजेटिभले दूध बेचेको हल्ला, मध्यपुर नगरबाट अनुगमन




१८ जेठ ०७८, भक्तपुर । डेरीको दूध वितरक कोरोना पोजिटिभ भएर पनि वितरण गर्दै हिँडेको जनगुनासो आएकोेले डेरीमा मध्यपुर नगरपालिकाले अनुगमन गरेको छ ।
भक्तपुर नगरपालिकाले अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज डेरी उद्योगमा अनुगमन गरिएको हो । डेरीको दूध वितरक कोरोना पोजिटिभ भएर पनि वितरण गर्दै हिँडेको जनगुनासो आएकोेले डेरीमा अनुगमन गरेको गोराले बताए ।
कामदार र वितरकलाई पिसिआर परीक्षण गराई स्वस्थ्य व्यक्तिलाई मात्र काममा लगाउन, दहीमा लेबल नभएकोले लेबल राखेर मात्र बिक्री वितरण गर्न र नगरपालिकामा तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको निरीक्षक रामकृष्ण प्रजापतिले बताएका छन् ।
भक्तपुर डेरी प्रालिमा कामदार र वितरकलाई पिसिआर परीक्षण गराउन, सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ । सञ्जीवनी डेरी उद्योगमा कामदार र वितरकलाई पिसिआर परीक्षण गराउन र दहीको बट्टामा लेबल राख्न निर्देशन दिएको छ । जगदम्बा डेरी एण्ड वेभरेज प्रालिमा कामदार र वितरकको पिसिआर परीक्षण गराउन, दर्ता प्रमाणपत्रसहित तीन दिनभित्र नगरपालिकामा आउन निर्देशन दिएको छ ।
अनुगमनमा शिवम् डेरी प्रालिमा दूधमा मिसाउने दूधको पाउडरमा मुसाको लिडहरू भएको, बरफ बनाउने भाँडो र पानी ट्याङ्कीमा मुसाको लिड भेटिएकाले सरसफाइमा ध्यान दिन र म्याद नाघेको कलर फूड, चोको पाउडर, मुसाको लिड भएको दूधको पाउडर जफत गरी नष्ट गरिएको उनले बताए ।
कोरोनाको सङ्क्रमणले सरकारले निषेधाज्ञा जारी गरेको बेलामा भक्तपुर नगरपालिका ८ जेला बस्ने सत्यनारायण प्रजापतिले चोक मिचि बनाएको खुड्किला नगरपालिकाको टोलीले आज भत्काएको छ । नगरपालिकाका कर्मचारीले उक्त खुड्किला भत्काई ढुङ्गासमेत जफत गरेको छ । प्रजापतिले पुरानो घर भत्काई नयाँ घर बनाउँदा नगरपालिकामा नक्सापास गरे पनि नक्साभन्दा फरक र सार्वजनिक चोक मिचेर बनाएको संरचना भत्काएको नगर निरीक्षक आशराम सुवालले बताउनुभयो ।
अनुगमनमा शिवम् डेरी प्रालिमा दूधमा मिसाउने दूधको पाउडरमा मुसाको लिडहरू भएको, बरफ बनाउने भाँडो र पानी ट्याङ्कीमा मुसाको लिड भेटिएकाले सरसफाइमा ध्यान दिन र म्याद नाघेको कलर फूड, चोको पाउडर, मुसाको लिड भएको दूधको पाउडर जफत गरी नष्ट गरिएको उनले बताए । कामदार र वितरकलाई पिसिआर परीक्षण गराई स्वस्थ्य व्यक्तिलाई मात्र काममा लगाउन, दहीमा लेबल नभएकोले लेबल राखेर मात्र बिक्री वितरण गर्न र नगरपालिकामा तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।
भक्तपुर डेरी प्रालिमा कामदार र वितरकलाई पिसिआर परीक्षण गराउन, सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ । सञ्जीवनी डेरी उद्योगमा कामदार र वितरकलाई पिसिआर परीक्षण गराउन र दहीको बट्टामा लेबल राख्न निर्देशन दिएको छ । जगदम्बा डेरी एण्ड वेभरेज प्रालिमा कामदार र वितरकको पिसिआर परीक्षण गराउन, दर्ता प्रमाणपत्रसहित तीन दिनभित्र नगरपालिकामा आउन निर्देशन दिएको छ ।
कोरोनाको सङ्क्रमणले सरकारले निषेधाज्ञा जारी गरेको बेलामा भक्तपुर नगरपालिका ८ जेला बस्ने सत्यनारायण प्रजापतिले चोक मिचि बनाएको खुड्किला नगरपालिकाको टोलीले आज भत्काएको छ । नगरपालिकाका कर्मचारीले यो खुड्किला भत्काई ढुङ्गासमेत जफत गरेको छ । प्रजापतिले पुरानो घर भत्काई नयाँ घर बनाउँदा नगरपालिकामा नक्सापास गरे पनि नक्साभन्दा फरक र सार्वजनिक चोक मिचेर बनाएको संरचना भत्काएको नगर निरीक्षक आशराम सुवालले बताए । रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ३ : ५९ बजे