
ललितपुर खबर
२० जेठ ०७८,चापागाँउ । ललितपुरको चापागाँउस्थित बज्रवाराही अस्पतालका लागि २ वटा भेन्टिलेटर गोदावरी नगरपालिकाले व्यवसथा गरिदिएको छ ।
अस्पतालका लागि अत्यावश्यक परेको कारण नेपाल भेन्टिलेटर सर्भिसबाट गोदावरी नगरपालिकालाई २ थान भेन्टिलेटर ल्याइएको गोदावरी नगरका मेयर गजेन्द्र महर्जनले जानकारी दिएका छन् । मयर महर्जनले भने, अस्पतालमा किस्ता तिर्ने शर्तमा भेन्टिलेटर ल्याइएको हो । यसको किस्ता पुर्वअर्थराज्यमन्त्री ललितपुरका पुर्वसासंद उदय शम्सेर राणाको सहयोग गर्ने भएका छन् ।
मेयर महर्जनका अनुसार हरेक किस्ता ५२ हजार तिर्नु पर्नेछ । पछिल्लो समय दक्षिण तथा मध्य ललितपुरको कोरोना संक्रमणका विरामीहरुको उपचारका लागि बज्रवाररही चापागाँउ अस्पतालमा विरामीको चाप छ । केही समयअघि जिल्ला अस्पतालको मान्यता पाएको यस अस्पतालमा भौतिक तथा मेडिकल इक्यिुपमेन्टको राम्रो प्रबन्ध छैन ।
अस्पतालमा प्रदेश सरकारले अक्सिजन प्लान्टका लागि टेण्डर आह्वान गरिसकेको छ ।







प्रतिक्रिया