१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीका सबै वडामा लगाइदैछ चिनियाँ कोरोना खोप




ललितपुर खबर
२२ जेठ ०७८,चापागाँउ । गोदावरी नगरले सबै वडाका ६० बर्षदेखि ६४ बर्ष उमेरसम्मका बासिन्दालाई कोरोना खोप दिने भएको छ । यही जेठ २५ गते नगरका हरेक वडाका स्वास्थ्य केन्द्रमा चिनियाँ खोप लगाउने कार्यक्रम रहेको नगरका प्रवक्ता मिलन सिलवालले ललितपुर खबरलाई बताए ।
खोप लगाउनका लागि नागरित्ता वा उमेर खुल्ने सरकारी कागजात लिएर खोप केन्द्र जानु पर्ने सिलवालले बताए । भने, ‘नभए वडाको सिफारिस भए पनि हुन्छ ।’
स्वास्थ्य केन्द्रमा खोप लगाउन विहान १० बजेदेखि ३ बजेसम्म खोप लगाउने कार्यक्रम राखिएको छ । स्वाथ्य केन्द्रमा कोरोना लागेका संक्रमित विरामीलाई निषेध गरिएको छ । खोप लगाएपछि ३० मिनेट बस्नु पर्ने र भौतिक दुरी कायम गर्नु पर्ने नियम लगाइएको छ ।

हेर्नुस् सूचना

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ४ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।