१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोगँवुमा तास खेल्ने महिला सहित १० पक्राउ



shyam phuyal\lalitpurkhabar

२४ जेठ ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका २६ गोंगबुचोक डेरा गरी बस्ने फ्रिदा जोशीको कोठामा तास खेलिरहेको अवस्थामा काभ्रे साँगा घर भई हाल काठमाडौं कलंकी बस्ने ४५ वर्षीया सरिता जोशी लगायत १० जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
फ्रिदा जोशीको कोठामा ताल खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
हाल फरार फिद्रा जोशीको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले विस्तृत अनुसनधान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  २ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।