१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंका यी ५२ स्थानमा ‘भेरोसेल’ खोपको पहिलाे मात्र दिइने



२४ जेठ ०७८, काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाभरका ५२ स्थानमा केन्द्र तोकेर खोप लगाउने भएको छ । सोमबार विज्ञप्ति जारी गर्दै कार्यालयले मंगलबारदेखि सुरु हुने ६० देखि ६४ वर्ष उमेरसमूहका व्यक्तिहरूका लागि काठमाडौंभरका ५२ स्थानबाट खोप लगाइने जनाएको छ । जिल्लाका स्थानीय तहहरूले बढीमा पाँत दिनभित्र चीनले अनुदानम दिएको भेरोसेल खोपको पहिलो मात्रा लगाइसक्न कार्यालयले निर्देशन दिएको छ ।खोप लगाउनका लागि काठमाडौं महानगरपालिमा ३२ तथा कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, दक्षिणकाली, बुढानिलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका दुई–दुई खोप केन्द्र तोकिएको कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए । यी हुन् काठमाडौं महानगरपालिकाका ३२ स्थान जहाँका कोभिडविरुद्धको भेरोसेल खोप लगाइन्छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ३ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।