२८ जेठ ०७८, सुन्दरीजल । काठमाडौंको सुन्दरीजलमा पोडी खेल्ने क्रममा बगाएर २ जना युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल नांगमती खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको बुधबार दिउँसो मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा काठमाडौं गल्फुटार बस्नेहरु सुनसरी धरान उपमहानगरपालिका १५ घर भएका २० वर्षीय आईसल तामाङ र सर्लाही घर भएका २० वर्षीय बिशाल तामाङ रहेका छन् । यस खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सुन्दरीजल र नेपाली सेना समेतको टोलीले खोजी गर्दा उनीहरुको शव फेला परेको हो । घटनाको अनुसन्धानका लागि उनीहरुसँगै गएका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२८ जेष्ठ २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया