२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महानगरमा स्थगित खाेप अभियान सोमबारदेखि पुन: सुचारु



३० जेठ ०७८, काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थगित गरेको खोप अभियान सोमबारदेखि  पुन: सुचारु हुने भएको छ। ६० देखि ६१ वर्ष उमेर समूहकालाई पहिलो मात्राको डोज खोप साेमबार र मंगलबार दुई दिन लगाउने महानगरपालिकाका जनस्वास्थ्य प्रशासक प्रमुख बद्रीबहादुर खड्काले  सूचना जारी गरी जानकारी दिएका छन्।

खड्गाका अनुसार  बिहान १० बजेदेखि चार बजेसम्म खोप अभियान सञ्चालन गरिनेछ। ३१ गते सोमबार खोप वीर अस्पताल,शिक्षण अस्पताल महाराजगंजमा लगाइनेछ। त्यस्तै,१ गते मंगलबार  वीरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पताल बानेश्नरमा लगाइनेछ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  १ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।