१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धापाखेलबाट युवतीलाई जर्वजस्ती गरेको आरोपमा माझी पक्राउ




३० जेठ ०७८,धापाखेल ललितपुर । ललितपुर धापाखेलबाट एक महिलालाई जर्वजस्ती गरेको अभियोगमा युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार चौबीस वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका २८ धापाखेल डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका १ घर भएका २३ वर्षीय अनुष माझीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले माझीले ती युवतीलाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ८ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।