१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उद्घाटनको महिना दिन नपुग्दै चुहिन थाल्यो गोदाबरी सन्राइज सम्मेलन केन्द्र




३१ जेठ ०७८, ललितपुर । अन्तर्राष्ट्रियस्तरको गोदाबरी सन्राइज सम्मेलन केन्द्र उद्घाटनको महिना दिन नपुग्दै पानी चुहिन थालेको छ । निरन्तर रूपमा छतबाट पानी चुहिन थालेपछि फलसिलिङ फुल्न थालेको छ । केन्द्रको छत जस्तापाताले छाएको छ । पानी चुहिएर बिग्रिन थालेपछि सभाहल छिर्ने ढोकामाथि रहेको फलसिलिङ भत्काएर मर्मतको काम भइरहेको छ । मर्मत नभएको ठाउँ–ठाउँमा पानी चुहिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत ३१ वैशाखमा सरकारीनिवास बालुवाटारबाट स्विच थिचेर भर्चुअल रूपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका थिए । ओलीले आफ्नो कार्यकालमा बनेका भौतिक संरचनाका साथै विकास निर्माण हतार–हतार उद्घाटन गर्ने क्रममै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण सम्पन्न नभई उद्घाटन गरिएको थियो । सम्मेलन केन्द्रमा अहिले पनि निर्माणको काम जारी छ ।
सहरी विकास मन्त्रालय मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले टेन्डर गरेर सम्मेलन केन्द्र निर्माणको काम गरेको थियो ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ४ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।