१३ कार्तिक २०८१, मंगलबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


एकान्तकुनाबाट मोटरसाइकल नक्कली पास गरेर चलाउने पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

३१ जेठ ०७८, ललितपुर । ललितपुर महानगरपालिका १३ एकान्तकुनास्थित सडकबाट सवारी पास किर्ते गरी प्रयोगमा ल्याएको अभियोगमा २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङ मुझावागढी नगरपालिका ११ घर भएका २३ वर्षीय दिनेश गुरुङ र २८ वर्षीय अम्बर गुरुङ रहेका छन् ।
सडकमा विना पासका सवारी साधन जाँच गर्ने क्रममा अम्बरले चलाएको बा.८१ प ७९३ नम्बरको मोटरसाईकल र दिनेशले चलाएको प्रदेश १–०२–९०४० प ८६११ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरुले एकै कार्यालय तथा सिरियल नम्बर भएका सवारी पास देखाई एकै नम्बरको सवारी पासमा फरक फरक नाम राखी सरकारी छाप, दस्तखत किर्ते गरी सवारी पास बनाई प्रयोगमा ल्याएको पाइए पश्चात उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर लिखत (किर्ते) सम्वन्धी कसुर मुद्दामा जिल्ला अदालत ललितपुरबाट ४ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ३० बजे