१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरबासीको लगानीमा अक्सिजन प्लान्ट स्थापना, विजुक्छेले गरे उद्घाटन




२ असार ०७८, भक्तपुर । भक्तपुर नगरपालिकाले जनताबाट स्वतस्फूर्त सङ्कलित रकमबाट ख्वपः अस्पतालमा सञ्चालनमा स्थापना गरेको अक्सिजन प्लान्टको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरेका छन् ।
नगरपालिकाद्वारा सञ्चालित यो अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटन गर्दै विजुक्छेले कोरोना महामारीविरुद्धको लडाईँमा संसारका धनी र विकसित देशलाई समेत कठिन भएको बताउदै सातवटै प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनाउन सरकारसँग माग गरेका छन् ।
नेपाल भारतबीचको सीमा नाका समयमै आवश्यक निगरानी, चेकजाँच र कडाइ गर्न नसक्दा नेपालमा कोरोनाको सङक्रमण महामारीको रुपमा फैलिएको भन्दै उनले जनताको जीवन रक्षामा सरकार चुकेको आरोप लगाए । अध्यक्ष बिजुक्छेले जनतालाई सामुदायिक र निजी अस्पतालबीचको भिन्नता र महत्वबारे सचेत पार्नुपर्ने र समाजमा आमूल परिवर्तनको निमित्त जनतालाई नै राजनैतिक रुपले सचेत पार्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोनाको पहिलो र दोस्रो लहर नेपालमा पैmलिएसँगै जनताको जीवन रक्षालाई प्राथमिकतामा राख्दै २०७८ बैशाख १७ गतेदेखि नै ख्वपः अस्पतालमा कोरोना युनिट सञ्चालन गरेको बताए ।
यो अस्पतालमा रु १ करोड २३ लाख ३६ हजार खर्च गरेर अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ५ : ५७ बजे