ललितपुर खबर
४ असार ०७८, चापागाँउ । दक्षिण ललितपुरको माहाँकाल गाँउपालिकामा विवादपछि भारतबाट ल्याइएको कोभिशिल्ड खोप लगाइने सहमती भएको छ ।
जिल्ला खोप समन्वयन समितीले गाँउपालिकालाई अपुग खोप पठाएपछि कसलाई लगाउने भन्ने विषयमा लामो समय विवाद हुँदा खोप कार्यक्रम सुरु हुन सकेको थिएन ।
स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र भन्दले गाँउपालिकामा ५ सय ६२ डोज कोभिशिल्ड खोप लगाउन स्थानीयबासी पालो कुरेर बसेको भए पनि जिल्लाबाट ३ सय ८० डोज कोभिशिल्ड खोप ल्याइएको बताए ।
गाँउपालिकाका शिक्षक, स्वास्थ्य स्वयम सेविका, कर्मचारी र बृद्धाहरुबीच कसले यो खोप पहिले लगाउने भन्ने विषयमा मतक्यता थियो ।
स्वास्थ्य संयोजक चन्दले पालिकास्तरिय खोप समितीले निर्णय गरेसँगै खोप लगाउने मिती निर्धारण भएको बताए ।
गाँउपालिकाले सूचना जारी परेर स्थानीयबासीलाई खोप लगाउन आउन असार ६ गते आमन्त्रण गरेको छ । विवादका बीच प्रकाशित सूचनामा जो पहिले खोप केन्द्रमा आउछ उसैले खोप लगाउन पाउने उल्येख छ ।
गाँउपालिकाका स्वाथ्य शाखा प्रमुख ज्ञानेन्द्र चन्दले ३८० डोज कोभिसिल्ड खोप दिन लागेको ललितपुर खबरलाई बताए । उनका अनुसार फागुन ३ गतेअघि लगाएका ६५ वर्षमाथिका बृद्धाहरुका लागि यो खोप लगाइने कार्यक्रम राखिएको छ । साथै शिक्षकहरु,जनप्रतिनिधि,कर्मचारी र स्वास्थ्य स्वयम सेवकहरु समेतलाई यो खोप लगाइने भएको छ ।
बुखेल मानिखेल, गोटिखेल, चन्दनपुर, कालेश्वर र ठुलादुर्लुङ्ग स्वास्थ्य चौकीमा खोप केन्द्र तोकिएको छ ।
असार ७ गते छुटेका ६० वर्ष माथिका बृद्धाहरु शिक्षक, कर्मचारी र जनप्रतिनिधिलाई चिनिया खोप लगाउने कार्यक्रम रहेको उनले बताए । भने यो खोपका विषयमा भने कुनै विवाद छैन । गाँउपालिकालाई १९५ डोप खोप छुट्याइएको छ ।
केही समयअघि दक्षिण ललितपुरकै कोञ्ज्योसोम गाँउपालिकाले पनि खोप सञ्चालन गरेको थियो विवादपछि यस गाँउपालिकामा खोप कार्यक्रम अघि बढ्न सकेको थिएन ।
प्रतिक्रिया