२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउन सिडिओको बैठक बस्दै




ललितपुर खबर
६ असार ०७८,ललितपुर । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउन आज काठमाडौं उपत्यका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलका अनुसार आजको बैठकमा निषेधाज्ञा खुकुलो बनाउनेबारे छलफल हुदैछ ।
कुन कुन क्षेत्रमा खुकुलो बनाउने भन्नेबारे छलफलकै क्रममा रहेको उनले बताए । उनले भने,‘विस्तारै लक डाउन खोल्ने हाम्रो योजना छ । के हुन्छ भन्ने बैठकपछि मात्रै भन्न सकिन्छ ।’
गतजेठ ३१ गते निषेधाज्ञा नीजि सवारी साधन जोर विजोर प्राणालीमा खोल्ने अपेक्षा गरिएको भए पनि पसल खोल्ने समय र दाउरा बढाएर निषेधाज्ञा निरन्तरता दिइएको थियो ।
दोश्रो हप्ताबाट स्मार्ट लकडाउनको चर्चासँगै निषेधाज्ञा खुकुलो बनाई जनजीवन सहज हुने अपेक्षा गरिएको छ ।
कोरोना संक्रमणमा उल्येख्य कमी आएको भन्दै सर्वत्र निषेधाज्ञा खुकुलो बनाउनु पर्ने आवाज उठी रहेको छ । तर प्रशासनले शहरी क्षेत्रमा संक्रमण घटेपनि पहाडमा झन् बढेको भन्दै संयमता अपनाउनु पर्ने बताउदै आएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : ३३ बजे