२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सडक कालोपत्रको माग गर्दै मध्यपुरथिमि नगरपालिका कार्यालय घेराउ



६ असार ०७८, भक्तपुर । सडक कालोपत्र गर्न माग गर्दै स्थानीयवासीले मध्यपुरथिमि नगरपालिका कार्यालय घेराउ गरेका छन् ।
मध्यपुरथिमि नगरपालिका कार्यालय अगाडिको सडकमा खाल्डो र हिलाम्मे भएपछि स्थानीयवासीले आज नगरपालिका कार्यालय घेराउ गरेका हुन् । मध्यपुरथिमि नगरपालिका ६ स्थित नगरपालिका कार्यालय अगाडि विगत दुई वर्षदेखि स्तरोन्नती गर्ने भन्दै सडक चौडा गरेर ग्राइबेल बिछ्याए पनि कालोपत्र नगरेका कारण खाल्डो र हिलाम्मे भएपछि स्थानीयवासीले सडक कालोपत्र गर्न माग गर्दै नगरपालिकाको मूल गेट अगाडि नाराबाजी गरेका छन् ।
पटक–पटक आफुहरुले ज्ञापन पत्र दिदाँ पनि नगरपालिकाले सडक कालोपत्र गर्न चासो नदिए पछि नगरपालिकाको कार्यपालिकाको बैठक बसेको चाल पाएपछि नगरपालिका घेराउ गरेको स्थानीयवासी रामकृष्ण श्रेष्ठले बताउनुभयो । यहाँको २०० मिटर सडक कालोपत्र गर्न नगरपालिकाले आलटाल गर्दै आएको अर्का स्थानीयवासी कृष्ण प्रजापतिको भनाइ छ ।
नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले भने स्थानीयवासीको बिरोधका कारण नै सडक कालोपत्र हुन नसकेको बताए । यस क्षेत्रमा ढल विस्तारको क्रममा खनिएको सडकमा विद्युत्को लाइन भूमिगत गर्ने तयारी गरेको तर केहीले तार भूमिगत गर्न अबरोध गरेपछि स्थानीयवासीकै छलफलमा सहमतिबाट मात्रै कालोपत्र गर्ने तयारी गरेको उनले बताए ।
कालोपत्र गर्न नगरपालिकाले रु ६० लाख बजेट समेत विनियोजन गरेको छ ।

 

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : ४५ बजे