१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका २२६ पत्रकारले लगाए कोरोना विरुद्धको खोप



६ असार ०७८, ललितपुर । चीनबाट अनुदानमा प्राप्त भएको कोरोना विरुद्धको भेरोसेल खोप आज आइतबार नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाबाट २२६ पत्रकारले लगाएका छन् । फ्रन्ट लाइनमा खटिने पत्रकारको स्वास्थ्यलाई ध्यानमा राखी यो कार्यक्रम दिइएको हो ।
ललितपुर शाखामा सदस्य रहेका कूल ४७३ पत्रकारमध्ये २२६ ले पहिलो डोजको भेरोसेल खोप लगाएका ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने जानकारी दिए । उनले भने, “१८३ पुरुष र ४३ महिला पत्रकारले खोप लगाउनुभयो । दोस्रो डोजको खोप भने चार हप्तापछि लगाइने वातावरण मिलाउने छौँ ।” ललितपुर शाखामा आवद्ध जम्मा सङ्ख्यामा बाँकी २४७ ले भने कोरोना कोभिसिल्ल खोप लगाइसकेका न्यौपानेको बुझाइ छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ५ : ४० बजे