२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी नगरपालिकालाई १० संस्थाले दिए स्वास्थ्य सामाग्री




ललितपुर खबर
३ असार ०७८, चापागाँउ । कोरोना माहामारीको दोश्रो चरणमा गोदावरी नगरमा पर्याप्त स्वास्थ्य सामाग्री संकलन भएको पाइएको छ । गोदावरी नगरपालिकाका अनुसार गएको जेठ १० गतेदेखि असार ८ गतेसम्म १० वटा विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा स्वास्थ्य सामाग्री सहयोग दिइएको छ ।
प्राप्त सहयोगमा भेण्टिलेटरदेखि मास्कसम्म रहेको नगरपालिकाले जनाइएको छ । नगरपालिकाका अनुसार मास्क, पञ्जा,ट्वाइलेट व्रस, डस्वीन,फेस सेड,डिस्स्फेक्सन,ह्याण्ड वास,ट्वाइलेट क्लिनर र स्यानिटाइजरलगायतका समान छन् ।
सहयोग गर्ने संस्थाहरुमा शान्ति पुनस्थापना गृह ठेचो,गुड नेवर इन्टरनेश्नल, रेडक्रस सोसाइटी ललितपुर,पार्थ इन्टरनेशनल सानेपा, कल्याण सिल्वाल, वातावरण र जनस्वास्थ्य सस्था, युनाइटेड सिमेन्ट प्रा.लि.,नेपाल भेन्टिलेटर सर्भिस,सामुदायिक वन उपभोक्ता महासंघ, ओएम नेपाल छन् ।
नगरपालिकालाई सहयोग दिलाउन पुर्वसासंद उदय शम्सेर राणा, वडाध्यक्ष मिलन सिलवाल,विष्णु बहादुर महर्जनको पहल रहेको नगरपालिकाले जानकारी दिएको छ । साथै पुर्वसासंद राणाले भेण्डिलेटर संचालनका लागि आर्थिक सहयोग समेत गरेको नगरपालिकाले गरेको सूचनामा उल्येख छ ।
संकलित स्वास्थ्य सामाग्रीहरु नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन सेन्टर तथा लेले प्राथमिक स्वास्थ्य केन्द्रमा वितरण गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ७ : ५५ बजे