८ असार ०७८, काठमाडौं । सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं तार्केश्वर बस्ने धादिङ घर भएका २४ वर्षीय रवि परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित सडकमा हिँडिरहेकी काठमाडौं म्हेपी बस्ने गोरखा धार्चे गाउँपालिका ५ घर भएकी ५० वर्षीया महिलाले घाटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटिएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले परियारलाई बसपार्कस्थित बिष्णुमती खोला छेउमा फेला पारी सिक्री सहित पक्राउ गरेको हो ।
८ असार २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया