८ असार ०७८, म्हेपी काठमाडौं । काठमाडौं महानगरपालिका २६ म्हेपी पुल नजिक डेरा गरी बस्ने खोटाङ केपिलासगढी गाउँपालिका १ घर भएका ३९ वर्षीय दिल कुमार राईको नगद १ लाख ५० हजार रुपैयाँ र १ थान मोबाइल सोमबार राति लुटपाट भएको छ । सडकमा पैदल हिँडिरहेको अवस्थामा अपरिचित १०÷१२ जनाको समूहमा आएका व्यक्तिहरुले उनलाई कुटपिट गरी नगद तथा मोबाइल लुटी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सोह्रखुटेबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा ५ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका जानकारी दिएको छ ।
८ असार २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया