१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको लुभुमा ५० बेडको सरुवा रोग अस्पताल



९ असार ०७८, इमाडोल ललितपुर । ललितपुरको लुभु ५० बेडको सरुवारोग अस्पताल निर्माणको महालक्ष्मी नगरपालिकाले पहल सुरु गरेको छ । ललितपुरको उत्तरपुर्वी नगरपालिका महालक्ष्मी नगरको दशाँै नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा नं ९ लामाटारमा ५० श्ययाको सरुवा रोग अस्पताल स्थापनका लागि समेत पहल गरिने उल्लेख छ । साथै महालक्ष्मी वडा नं ८ मा रहेको लुभू प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल स्तरोन्नतीका लागि जग्गा लगायत पूर्वाधारको विकास गरिने बताइएको छ ।
महालक्ष्मी नगरपालिकाले कोरोना महामारीबाट अभिभावक गुमाएका बालबालिकालाई वार्षिक रुपमा रु २५ हजार सहयोग गर्ने भएको छ । नगरप्रमुख रामेश्वर श्रेष्ठले नगरपालिकाभित्रका अभिभावक गुमाएका १८ बर्ष मुनिका बालबालिकाका अध्ययनका लागि शैक्षिक सहायता प्रदान गर्ने जानकारी दिएका हुन् ।
नीति तथा कार्यक्रममा हरित विद्यालयको अवधारणा बमोजिम शिक्षक तथा विद्यार्थी र अभिभावकको संम्लग्नतामा ‘एक विद्यालय एक बगैँचा’,सबै सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स घुम्ती सेवा’ कार्यक्रमलाई समेत निरन्तरता दिइएको छ ।
घरेलु उद्योगलाई प्रोत्साहन गर्न बार्षिक करमा २५ प्रतिशत छुट, ७० वर्ष माथि ज्येष्ठ नागरिकका लागि प्रत्येक महिना घरदैलोमा रक्तचाप , मधुमेह तथा अक्सिजनको मात्रा परीक्षणका साथै औषधि वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । वातावरण प्रदूषण गर्ने उद्योगको स्थापना एवं सञ्चालनमा रोक ,हरेक घरमा हरियाली तथा पोषण प्रवद्र्धन गरिने, यसका लागि कम्तीमा एक जोडी फलफूलको बिरुवा रोपन, ‘एक टोल एक उद्यान’ अभियान अन्तर्गत आगामी आवमा प्रत्येक वडामा एक उद्यान निर्माण तथा वडा नं ६ सिद्धिपुरमा मानेवारीका साथै वडा नं १० लामाटारमा तामाङ सङ्ग्रहालय स्थापना गरिने जनाइएको छ ।
यस कार्यक्रममा सङ्घ, प्रदेश तथा अन्य सङ्घ संस्थाहरुसँगको सहलगानीमा तरकारी तथा फलफूलका लागि शीतभण्डार निर्माण, नगरपालिका भित्र उत्पादित सामाग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालन, लामाटार मनमोहन मेमोरियल उद्यान, वडा नं १ इमाडोलमा बहुउद्देश्यीय भवनका साथै नगर सभाहल निर्माण लगायतका रणनीतिक महत्वका योजनालाई बहुबर्षीय योजनाका रुपमा प्राथमिकताका साथ अघि बढाइने बताइएको छ । नीति तथा कार्यक्रमलाई दशँै नगरसभाले सर्वसम्मतिले पास गरेको जनाइएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ३ : ५३ बजे