८ असार ०७८, काठमाडौं । काठमाडौं महानगर ११ की घरधनी सरस्वती प्रधानले रूपा सुनारलाई जातिय विभेदका कारण कोठा नदिएको भन्दै प्रहरी हिरासतमा पु¥याइएकोमा यलः समाज, यलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
घरधनी प्रधानलाई तत्काल बिना शर्त रिहाई गर्नुपर्ने, घट्नालाई अतिरञ्जित बनाएर सदियौँदेखि चलिआएको जातिय सदभाव खलबल्याएर द्वन्द्व सिर्जना गर्न उद्धत रहेकोमा रूपा सुनारमाथि हदैसम्मको कारबाहीको माग गरिएको छ ।
यलः जातिय समाज र रञ्जितकार समाजको संयोजकत्वमा मंगलबार ललितपुरको बटुकभैरव मन्दिर परिसरमा यलः जातिय समाजका पदाधिकारी, नेपाल भाषा मंकाः खलः यलः, नेवाः देय् दबु यलः, नेवाः ग्वाहालीः पुचः, पीडित सरस्वतीका पति मुकुन्द प्रधान, सामाजिक अभियन्ता यादवलाल कायस्थ र राजाराम तण्डुकारलगायत सयौँको उपस्थितिबीच सम्पन्न बैठकले सुनारलाई कारवाहीको माग गरेको हो ।
सुनारले सञ्चारकर्मी भएको दम्भमा घट्नालाई अतिरञ्जित बनाएको, कुनै पनि दृष्टिकोणबाट घरधनी प्रधानले जातिय विभेद हुने कार्य नगरेको र कोठा भाडामा दिने वा नदिने व्यक्तिगत श्रीसम्पत्तिको अधिकार कुण्ठित हुनेगरी सरस्वतीलाई नियतवश फसाइएको बैठकको निस्कर्ष रहेको जनाएको छ ।
भविष्यमा यस्ता घट्ना हुन नदिन बैठकले ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन र ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउने निर्णय गरिएका छन् ।
नेवाः एकता कायम राख्दै जातिय विभेद उन्मुलनतर्फ गइसकेको अवस्थामा यस्ता घट्नाप्रति यलः जातिय समाज, यलः खेद प्रकट गर्दछ, संयोजक समुन्द्रमान रञ्जितकारद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ । ्
९ असार २०७८, बुधबार
0
Shares
प्रतिक्रिया