ललितपुर खबर
१० असार ०७८, ललितपुर । दक्षिण ललितपुरका ३ वटा स्थानीय तहले आर्थिक वर्ष ०७८÷७९ का लागि १ अर्व २४ करोड बराबरको बजेट ल्याएका छन् ।
ललितपुरका पहाडी दुर्गम क्षेत्रका वागमती, माहाकाल र कोञ्ज्योसोम गाँउपालिकाले विहीबार छुट्टा छुट्टै गाँउ सभामार्फत नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएका हुन् ।
यस अनुसार वागमतीले नवौं गाँउसभा आयोजना गरि ५२ करोड ७८ लाख ८४ हजार बजेट पेश गरेको छ । कोञ्ज्योसोम गाँउपालिकाले ३३ करोड ३० लाख ७७ हजार बराबरको अनुमानित बजेट गाँउसभामा पेश गरेको छ भने महाकाल गाँउपालिकाले ३८ करोड ३१ हजार ७ सय २९ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
बागमती गाउँपालिकाको नवौँ गाउँ सभा गाउँपालिका अध्यक्ष श्री विर बहादुर लोप्चनको अध्यक्षतामा बसेको थियो । गाउँपालिकाको नवौँ गाउँ सभाले आर्थिक वर्ष०७८÷०७९ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ अन्य ९ वटा कार्यविधि पारित गरेको छ ।
महाकाल गाँउपालिकाको बजेटमाथि दफावार छलफल असार १८ गते बाट गर्ने कार्यक्रम रहेको र २५ गते भित्र बजेट पास गर्ने कार्यसुची रहेको जानकारी दिएको छ । यो बर्ष यस गाँउपालिकाले इसिडी शिक्षक र बिध्यालय कर्मचारी लगायत गाउँपालिका अन्तर्गतका सम्पुर्ण कर्मचारीलाई नेपाल सरकारले तोकेको न्युनतम तलब पुर्याउने गरि बजेट बिनियोजन गरेको, भौतिक पुर्वाधारमा टोल स्तरीय र पालिका स्तरीय सडक स्तरउन्नति,शिक्षामा प्राबिधिक बिध्यालय र महाँकाल क्याम्पसलाई सन्चालन अनुदान,स्वास्थ्यमा मानिखेल अस्पतालमा सेवा थप प्रभावकारी बनाउने,ठुलादुर्लुङ्गमा स्वास्थ्य प्रयोगशाला स्थापना र गोटिखेल स्वास्थ्य चौकी ल्याब स्तरउन्नति,पर्यटकिय स्थलको संरक्षण,प्रबर्द्धन र प्रचारप्रसार,कृषि र पशुपालनलाई थप ब्यवशाहिक र आत्मनिर्भर,पालिकस्तरिय खेल मैदानको ब्यवस्थापन,युवा र उद्यमी लक्षित कार्यक्रम,गाउँपालिकाको प्रशासकीय भवन,वडाहरुको भवनको स्तरउन्नति लागायतलाई गाउँपालिका बजेटले समेटेको जानकारी दिएको छ ।
कोञ्ज्योसोम गाँउपालिकाले भने ‘कृषि,पर्यटन, संस्कृति, वातावरण र पूर्वाधार;सुशासनयुक्त, सभ्य र समृद्ध कोञ्ज्योसोमको आधार’ भन्ने दीर्घकालीन सोच पुरा गर्न प्रतिबद्ध हुँदै आर्थिक वर्ष ०७८÷७९को नीति तथा कार्यक्रम तयार पारिएको जानकारी दिएको छ ।
१० असार २०७८, बिहिबार
0
Shares
प्रतिक्रिया