२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको वागमतीमा एकल पुरुष भत्ता बृद्धि



१० असार ०७८, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकाले ६० वर्षमाथिका एकल पुरुषहरुलाई दिदै आएको एकल सामाजिक सुरक्षा भत्ता बृद्धि गरेको छ । गएका वर्षहरुमा १ हजार रुपैयाँ एकल पुरुष भत्ता दिदै आएकोमा आर्थिक वर्ष ०७८÷७९ बाट आन्तरिक स्रोतबाट व्यवस्था हुने गरी मासिक रु ५००।– थप गरी रु १५००।– पु¥याइएको छ । साथै ५० वर्षमाथिका अविवाहित महिलालाई एकल महिला भत्ता मासिक रुपमा रु १५००।– दिइनेछ । गाँउपालिकाले विहीबार आर्थिक वर्ष ०७८÷७९को वजेट सार्वजनिक गर्दै यो कार्यक्रम ल्याएको हो ।
गाँउपालिकाले उपाध्यक्ष महिला सशक्तिकरण शीर्षकबाट यस गाउँपालिकाका सुत्केरी महिलालाई सहयोग गर्न सुत्केरी महिलालाई उपाध्यक्ष कोशेली कार्यक्रम सञ्चालन ल्याउने भएको छ ।
गाँउपालिकाले नीति तथा कार्यक्रम मार्फत वडा नं ४ स्थित खयरघारीमा गाउँपालिकास्तरीय रंगशाला निर्माण गर्ने योजना सार्वजनिक गरेको छ ।
वडा नं. ४ स्थित गडीभञ्ज्याङ क्षेत्रमा फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइटको अवधारणा अगाडि बढाइने, चुनढंगालगायत अन्य खानीहरु भएकाले खानीजन्य उद्योगहरु स्थापना तथा सञ्चालनको लागि सहजीकरण गर्ने, प्युटारमा रहेकोकोल्ड स्टोर सञ्चालन गर्ने,तीनपानेमा कृषि संकलन केन्द्र निर्माण कार्यको लागि पहल गर्ने र प्युटारमा कृषि हाट बजार सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रम मार्फत सावजनिक गरेको छ ।
सामुदायिक विद्यालयका शिक्षकहरुको मूल्याङ्कन गरि पुरस्कृत र कारवाही गर्ने नीति लिने गाँउपालिकाले उल्येख गरेको छ । सरुवा रोगको नियन्त्रण, रोकथाम गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र कोरोना अस्पतालको रुपमा महांकाल खोल्सा र थाङसिङटारमा सञ्चालन गर्ने कार्यक्रम राखिएको छ ।
वडा नं ४ मा गडिभञ्ज्याङ माथिल्लो सिम्ले देउराली लिफ्टिङ खानेपानी आयोजना र वडा नं ५ मा माझखण्ड खानेपानी आयोजना सञ्चलान गरी सम्पन्न गरिनेछ । ्
सबै वडाहरुमा तामाङहरुको ल्होसार कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा राखिएको छ ।
अन्तर गाउँस्तरीय तथा गाउँपालिकास्तरीय खेलकुद प्रतियोगिता संचालन गर्न “गाउँपालिका अध्यक्ष कप” सञ्चालन र गाउँपालिकास्तरीय उपाध्यक्ष ब्याडमिन्टन खेलकूद कार्यक्रम सञ्चालन कार्यक्रम राखिएको छ ।
गाउँपालिकास्तरीय खेलकुदको लागि रंगशालाको लागि प्युटार, आश्राङ, गिम्दी र माल्टामा निर्माण कार्य अगाडि बढाउने र एक वडा एक खेलमैदानको निर्माण गरी खेलक्षेत्रको विकास गरिदै लग्ने जानकारी दिएको छ ।
गाउँपालिकाको वडा नं. ७ को गिम्दीमा औद्योगिक ग्राम स्थापनाको लागि पूर्व सम्भाव्यता अध्ययन र डिपिआरका लागि प्रदेश सरकार र संघीय सरकारसँग अनुरोध गरी औद्योगिक ग्राम स्थापनाको काम अगाडी भएको छ ।
उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघसँगको समन्वयमा गाउँक्षेत्रमा संचालित व्यवसायिक फर्महरुको दर्ता तथा नवीकरण कार्यलाई गति दिने भएको छ।
गाँउपालिकामा सञ्चालित खानी, क्रसर र वासिङ उद्योगलाई अनिवार्य रुपमा दर्ता तथा नवीकरण गरि अनुगमन तथा नियमनमार्फत व्यवस्थित गरिँदै लगिने बताएको छ ।

सातकन्य÷तीनपाने राडार क्षेत्र पर्यटन विकासको लागि गुरु योजना अनुरुप व्यवस्थित र वैज्ञानिक रुपले पर्यटन क्षेत्रको विकास गरिँदै लगिने नीति अबलम्बन गरिएको छ । यस क्षेत्रमा पिकनिक स्पोर्ट, पार्क तथा पदमार्ग निर्माण आदिको काम गरी सौन्दर्यकरणको काम अगाडि बढाइने भएको छ।
गिम्दी चमेरे गुफा, माझखण्ड बुद्ध विहार तथा रुद्रेश्वर महादेव आदि क्षेत्र पर्यटकीय क्षेत्रहरुको खोज तथा पहिचान कार्य अगाडि बढाइ पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने र पर्यटकहरुलाई आवतजावतको लागि पदमार्ग निर्माण कार्य शुरु गर्ने कार्यक्रम राखिएको छ ।
गाँउपालिकाको कालेश्वर र बुढादेवी मन्दिरको धार्मिक रुपले महत्व देखिएकोले मन्दिरसम्म पर्यटकहरुलाई पु¥याउनका लागि यस क्षेत्रको विकास गर्ने बताएको छ ।
सातकन्य राडर क्षेत्रमा लाली गुराँस वृक्षारोपण गर्ने, सडक निर्माण तथा मर्मतका लागि गाँउपालिकाले लोडर खरिद गर्ने भएको छ ।
कार्यक्रममा गाउँपालिकाको प्रशासकीय भवनको निर्माण गरि यसै अर्थिक वर्षबाट सञ्चालनमा ल्याउने उल्येख छ ।
गाउँपालिका भवन, रंगशाला, सभागृह, ल्याण्डफिल्ड साइट, एकिकृत जग्गा विकास कार्यक्रम, प्राविधिक शिक्षालय तथा धार्मिक पर्यटकीय पूर्वाधार निर्माण कार्यको पहल गर्ने समेत सार्वजनिक गरिएको छ ।
यस गाउँपालिकामा सञ्चालित खानी खोला र माण्डु जल विद्युत उत्पादनलाई नियमन तथा सहजीकरण गरी गाउँपालिकाबाट आवश्यक सहयोग गरिद लैजाने ,गाउँपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रका बारेमा सूचना र सञ्चारको माध्यमबाट अभिलेखिकरण गरिनेछ कार्यक्रम सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १२ : १८ बजे