१३ असार ०७८, ललितपुर । काठमाडौं उपत्यकामा थप चार सय २४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।
आइतबार स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार उपत्यका भित्रका तीन जिल्लामा थप ४ सय २४ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका २ सय ९२, ललितपुरका एक सय र भक्तपुरका ३२ जना छन्। त्यस्तै, काठमाडौं उपत्यकामा अझै आठ हजार ५ सय ८ जना सक्रिय संक्रमित छन्।
काठमाडौंमा मात्रै चार हजार तीन सय ९१, भक्तपुरमा एक हजार सात सय ३२ र ललितपुरमा दुई हजार तीन सय ८५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया