१४ असार ०७८,भक्तपुर । तेह्र बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर कमलबिनायक बस्ने दोलखा वैतेश्वर गाउँपालिका ४ घर भएका ३२ वर्षीय बसन्त दमाईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बसन्तले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
१४ असार २०७८, सोमबार
0
Shares
प्रतिक्रिया