१४ असार ०७८, काठमाडौं । एक दलित युवतीलाईलाई आफ्नो घरको कोठा भाडामा नदिएको अभियोगमा उजुरीपछि थुनामा बसेर छुटेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई फसाइएको र उनलाई न्यान दिन भन्दै काठमाडौं उपत्यकाका विभिन्न ठाँउमा आजकल निरन्तर हस्ताक्षर भइरहेको छ ।
सोमबार सरस्वती प्रधानलाई न्याय दिनका लागि समर्थन दिदैं मध्यपुर थिमीस्थित वालकुमारी मन्दिर परिसरमा हस्ताक्षर संकलन गरिएको छ ।
‘हस्ताक्षर कार्यक्रममा जातिय विभेदबिरूद्ध हामी पनि साथ छौं तर आफ्नो अधिकार अरुको सम्पतिमा खोज्नु सरासर गलत हो.। निर्दोष महिला ३ दिन जेलमा थुनिनु र उनलाई अपराधी भन्नू सरासर गलत हा’े भन्दै युवा युवतीहरु सहभागी भएका थिए । हस्ताक्षर कार्यक्रममा मध्यपुर थिमी नगरका मदनगोपाल श्रेष्ठ समेत सहभागी भएका थिए ।
नेवार समुदायका अभियन्ताहरुले आइतबार वसन्तपुर क्षेत्रको हनुमानढोकामा हस्ताक्षर संकलन गरेका थिए ।
गत शनिबार पनि ललितपुरको मंगलबजारमा स्थानीय नेवार समुदायले सरस्वती प्रधानलाई अन्याय भएको भन्दै हस्ताक्षर संकलन गरिएको थियो ।
एक सहभागी अभियन्ताले हस्ताक्षर अभियान उपत्यकाको् विभिन्न ठाँउमा सुरु गर्ने जानकारी दिए । उनले भने, ‘हामी मंगलबार ललितपुरको पाटनमा र कीर्तिपुरमा हस्ताक्षर संकलन गर्दैछौं ।’
संचारकर्मी समेत रहेकी रुपा सुनारले काठमाडौंको बबरमहलस्थित सरस्वती डंगोल घरमा कोठा खोज्न जाँदा दलित भएको कारण कोठा नपाएको भन्दै सामाजिक संजालमा भिडियो राखेकी थिइन् ।
सामाजिक सञ्जालमा भिडियो भाइरल बनेपछि रुपा सुनारले प्रहरीको उजुरी दिइन् अनि डंगोल पक्राउ परेकी थिइन् । घरधनी डंगोल पक्राउ परेलगत्तै काठमाडौं उपत्यकामा यसको विरोध भएको थियो । काठमाडौं उपत्यकाका नेवार समुदायले आन्दोलन नै गर्न थालेपछि रुपाको उजुरीमा प्रमाण नपुगेको भन्दै प्रहरीले घरधनी डंगोललाई रिहा गरेको थियो ।
डंगाल रिहा भए लगत्तै मन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो गाडीमा राखेर उनलाई घर लगेका थिए ।
रुपा सुनारले योजनाबद्ध रुपमा प्रधानलाई फसाएको अभियन्ताहरुले बताएका छन्। हस्ताक्षर संकलन सकिएपछि सरकारलाई बुझाउने कार्यक्रम रहेको उनीहरुले बताएका छन् । त्यसपछि सुनारविरुद्ध जालसाजी र मानहानीको मुद्दा हाल्ने तयारी रहेको उनीहरुले बताएका छन् ।
मंगलबार विहान भक्तपुरको तोमढीमा हस्ताक्ष्र संकलन हुने बताइएको छ ।
१४ असार २०७८, सोमबार
0
Shares
प्रतिक्रिया