१६ असार ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा ५७२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ संक्रमित थपिएका हुन्।
काठमाडौं उपत्यकामा कुल ८ हजार ५ सय सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। काठमाडौं जिल्लामा ४ हजार ९१६, ललितपुरमा २ हजार ७ र भक्तपुरमा १ हजार ५७७ सक्रिय संक्रमित छन्। हालसम्म काठमाडौं जिल्लामा १ हजार ८७८, ललितपुरमा ५४२ र भक्तपुरमा ३६४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ।
प्रतिक्रिया