१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा बजेट कार्यक्रम बहिष्कार गर्ने पक्ष र मेयरबीच सहमति



१७ असार ०७८, ललितपुर । ललितपुर महानगरपालिकामा यही असार १० गते बजेट कार्यक्रम बहिष्कार गरेका वडाध्यक्ष र मेयर चिरिबाबु महर्जनबीच चार बुँदे सहमति भएको छ।

बुधबार भएको सहमतिअनुसार ललितपुर महानगरबाट सम्पादन गरिने नीतिनिर्णय एवं वार्षिक कार्यक्रमलाई थप व्यवस्थित बनाइनेछ।

सहमतिपत्रमा कार्यपालिका सदस्य रविन्द्र महर्जन, श्रीगोपाल महर्जन र मेयर चिरिबाबुले हस्ताक्षर गरेका छन्। यसअनुसार आगामी २३ गतेभित्र असहमतिका पत्रबारे कार्यपालिकामा छलफल गरेर विवाद टुंग्याइने भएको छ।
त्यस्तै, कार्यपालिकाको बैठक नियमित रुपमा राखिने, आगामी दिनमा त्रिपक्षीय समन्वय, सहमति र सहकार्यका आधारमा छलफल गरी कार्यपालिकाबाट निर्णय गरी कार्यान्वयन गरिने तथा हालसम्म काम गर्ने क्रममा एकआपसमा कमी कमजोरीहरु देखिएमा आपसी छलफलका माध्यमबाट सुधार गर्दै लगिने पत्रमा उल्लेख छ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ८ : ०९ बजे