५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै थप्ने तयारी, तीनै जिल्लाका सीडीओको बैठक बस्दै



२० असार ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी भइरहेको छ। छलफल गर्न आज दिउँसो ३ बजे तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्ने भएकाे छ । उपत्यकामा  थप क्षेत्र खुला गर्ने विषयमा विज्ञहरूसँग सरसल्लाह भइरहेको छ।

यसअघि घोषित निषेधाज्ञाको अवधि सोमबार राति १२  बजेबाट सकिँदै छ।

पछिल्लोपटक थपिएको निषेधाज्ञामा २५ वटाभन्दा बढी सिट भएका सार्वजनिक बसलाई जोर बिजोर प्रणालीका आधारमा सञ्चालन हुन दिइएको छ भने खाद्यपसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला गरी सहज बनाइएको छ।

यसपटक थपिने निषेधाज्ञा अझ खुकुलो बनाउने तयारी भइरहेको हो।

काठमाडौं उपत्यकामा गत वैशाख १६ मा सुरु निषेधाज्ञा पकटपकट अवधि थपेर लम्ब्याउने क्रम जारी छ। तर क्रमशः खुकुलो पनि बनाउँदै लगिएको छ।

 

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ८ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।