२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर जिल्लामा सम्बन्ध विच्छेद र बलात्कारका घटना बढ्दो, चोरी डकैती घट्दो



ललितपुर खबर, २४ असार ०७८, ललितपुर । ललितपुर जिल्लामा पछिल्लो वर्षहरुमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको पाइएको छ । जिल्ला अदालत ललितपुरको तथ्यांक अनुसार गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा सम्बन्धविच्छेदको घटना बढेको पाइएको हो । जिल्ला अदालत ललितपुरमा २०७५ साल भदौ १ गतेबाट देवानी संहिता लागू भएपछि हालसम्म १ हजार २०७ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७६/७७ मा सम्बन्ध विच्छेदका ३३६ थान मुद्दा दर्ता भएको अदालतले जनाएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को असार २४ गतेसम्म ४४१ थान मुद्दा परेका छन् ।

चालु आर्थिक वर्षमा दर्ता भएका ४४१ थान मुद्दामध्ये २६९ वटाको फैसला भएको छ भने १७२ वटा मुद्दा विचाराधीन रहेको अदालतले जनाएको छ ।
गत आर्थिक वर्षमा दर्ता भएका ३३६ थान मुद्दामध्ये गत वर्ष २३१ वटाको र चालु आर्थिक वर्षमा ६७ वटा मुद्दाको फैसला भएको छ । बाँकी ३८ मुद्दा विचाराधीन छन् ।
यस्तै ललितपुरमा पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको पाइएको छ । ललितपुर जिल्ला अदालतको तथ्यांक अनुसार २०७५ साल भदौ १ गतेबाट देवानी संहिता लागू भएपछि हालसम्म ललितपुर जिल्ला अदालतमा जबरजस्ती करणीका १६७ वटा मुद्दा परेका छन् ।

गत आर्थिक वर्ष २०७६/७७ मा जबरजस्ती करणीका ६६ वटा मुद्दा दर्ता भएका थिए । त्यसमध्ये ५० वटा मुद्दाको फैसला भएको छ ।
चालु आर्थिक वर्ष २०७७/७८ को असार २४ गतेसम्म जबरजस्ती करणीका ६९ वटा मुद्दा दर्ता भएका छन् । यसमा २० वटा मुद्दाको फैसला भएको छ भने ३९ वटा मुद्दा विचाराधीनन छन् ।
२०७५ साल भदौ १ गतेदेखि हालसम्म ललितपुर जिल्ला अदालतमा चोरी डकैतीसँग सम्बन्धित ३२७ वटा मुद्दा दर्ता भएका छन् । ३२७ मध्ये ७४ वटा मुद्दाको फैसला हुन बाँकी छ ।
गत आर्थिक वर्ष २०७६/७७ मा चोरी डकैतीका १०९ वटा मुद्दा परेका थिए । त्यसमध्ये १८ वटा मुद्दा विचाराधीन छन ।
चालु आर्थिक वर्ष २०७७/७८ को असार २४ गतेसम्म चोरी डकैतीका ९६ वटा मुद्दा दर्ता भएका थिए । यसमध्ये ५३ वटा मुद्दा विचाराधीनन छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ५ : ४३ बजे