१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर जिल्ला अदालतले पाँच वर्षभित्र पूर्णरूपमा ‘डिजिटाइज’गर्ने



२४ असार ०७८, ललितपुर । ललितपुर जिल्ला अदालतले आगामी पाँच वर्षभित्रमा अदालतलाई पूर्णरूपमा ‘डिजिटाइज’गर्ने भएको छ ।
बिहीबार ललिपुर जिल्ला अदालतमा आयोजित कार्यक्रममा बोल्दै स्रेस्तेदार विष्णुप्रसाद पाण्डेले अदालतलाई पोकामा मिसिल बाँधेर राखिने परम्परागत पद्धतिमा सुधार गरी पूर्णरूपमा डिजिटाइज अदालतको रूपमा विस्तार गरिने बताए ।
उनका अनुसार अदालतको अभिलेख शाखामा रहेका ६८ हजार १ सय ४८ थान मिसिलहरूमध्ये ६६ हजार ६ सय ६३ थान मिसिल सफ्टवेयरमा इन्ट्री गराइसकिएको, अभिलेखमा दर्ता रहेका मिसिल कागजातहरु मध्ये ५३ हजार २ सय ६९ थान मिसिल कागजातहरु धुल्याइ सकिएको र ११ हजार ६ सय ६२ मिसिलहरुलाई स्क्यान गरी डिजिटाइज समेत गरिसकिएको छ । मेलमिलापमार्फत् मुद्दाको मिलापत्र गराउने काम प्राथमिकतामा राखेको अदालतले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ६ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।