२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलम्चीको पानी आउन कम्तिमा एक वर्ष लाग्ने, क्षतिग्रस्त संरचना बनाउन नयाँ ठेक्का



तस्बिरः सामाजिक सञ्जाल

ललितपुर खबर, २५ असार ०७८, ललितपुर । बाढीले क्षतिग्रस्त मेलम्चीको पानी काठमाडौंको धारामा पुनः आउन कम्तिमा एक वर्ष लाग्ने भएको छ ।
फाष्ट ट्रयाकमा काम हुँदा समेत आयोजनाको पानी काठमाडौंमा वितरण गर्नका लागि कम्तिमा एक वर्ष लाग्ने आयोजनाले जनाएको छ ।
मेलम्चीमा बाढीले अर्ब रुपैयाँमाथिको क्षति भएको अनुमान गरिएको छ ।
मेलम्चीको पानी वितरण हुन थालेपछि केही राहत महशुस गरेका राजधानीबासीले अझै एक वर्ष पुनः पानी अभावको समस्या झेल्नुपर्ने भएको हो।

असार १ गते हेलम्बु गाउँपालिकाको भेम्राथाङमा गएको पहिरोले थुनिएको बहाव खुलेर मेलम्ची खोलामा बाढी आएको थियो। बाढीका कारण आयोजनासम्म पुग्ने सडकसँगै तीनवटा बेलिब्रिज र दुई पक्की पुल बगाएको छ।

आयोजनाको मुहानस्थल अम्बाथानमा रहेको कामदार बस्ने क्याम्प, उपकरण, निर्माण सामाग्री, पहुँच सडक, पुललगायत अन्य भौतिक संरचनाहरु समेत बगाएको आयोजनाले जनाएको छ।

आयोजनाको टोली सडक नभएपछि हिँडेरै आयोजनास्थल पुगेको थियो। जसमा सीडीई माधव नेपालसहित सातजनाको टोली आयोजनास्थल पुगेर फर्किएको हो।

बाढीले बगाएर ल्याएको तीन लाख घनमिटर माटो, बालुवा, ढुङ्गा निकाल्नुपर्ने अनुमान छ, जसले अहिले आयोजनाको हेडवर्क्स पूरै पुरेको छ।

आयोजनामा बाढीले पुर्याएको क्षतिग्रस्त संरचना निर्माणका लागि पुनः ठेक्का निकाल्ने योजना बनाइएको छ। क्षति यकिन गरेर नयाँ ठेक्कामार्फत निर्माण गर्ने तयारीमा आयोजनाको छ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ७ : २८ बजे