५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काष्ठमण्डप पुनःनिर्माण ९० प्रतिशत पुरा



फाइल तस्बिर

२५ असार ०७८, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सकिएको छ । विसं २०७२ लको भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएको उक्त ऐतिहासिक सम्पदाको पुनः निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । काठमाडौँ महानगरपालिकले रकम उपलब्ध गराउने सर्तसहित पुनः निर्माणको काम विसं २०७५ वैशाखबाट शुरु भएको थियो ।
उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनःनिर्माणका भइरहेको सातौँ शताब्दीको काष्ठमण्डप पुनः निर्माणका लागि कामपाले हालसम्मा रु ११ करोड ५० लाख रकम उपलब्ध गराएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यका अनुसार लकडाउन र निषेधाज्ञाको अवधिमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै निरन्तर काम भइरहेको छ । त्यस अवधिमा छानो छाउनका लागि काठको अभाव भए पनि अहिले त्यो समस्यापछि टरेको छ, निरन्तर काम भइरहेको छ ।
आवश्यक पर्ने आठ सबै आइसकेकाले छिटोभन्दा छिटो पुनः निर्माण सक्ने चरणमा पुगेको शाक्यले जानकारी दिए । निर्माण कामअन्तर्गत अहिले तेस्रो तला अर्थात् गजुर राख्ने काम भइरहेको छ । त्यसपछि छानो छाउने काम हुनेछ । छानोको लागि आठ हजार क्युफिट काठ आवश्यक पर्छ । यस ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । केही यस अघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।