१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौ टोखाको सुन पसलमा नक्कली नोट दिएर २ युवती भागेपछि…



फाइल तस्विर

२९ असार ०७८, काठमाडौं । काठमाडौंको टोखामा रहेको एक सुन पसलमा ८० हजार नक्कली नोट दिएर २ युवती भागेका छन् । प्रहरीका अनुसार टोखा नगरपालिका ५ बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
यसै ठाउँस्थित अन्नपूर्ण हिमाल सुनचाँदी पसलमा सुन किन्ने बहाना बनाई बा.६८ प ७११० नम्बरको रातो स्कुटरमा आएका २ जना महिलाहरुले २ लाख ८० हजार रूपैयाँ नक्कली नोट देखाई गहना किन्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग तिलिङगेटारबाट खटिएको प्रहरी पुग्दा ती महिलाहरुले ८० हजार नक्कली नोट पसलमा छोडी भागेपछि नक्कली नोट प्रहरीले बरामद गरेको जानकारी दिएको छ ।
हाल फरार महिलाहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ४ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।